गोपाल पोखरेल
उदयपुर, २१ जेठ । उदयपुरको पहाडी क्षेत्रमा रहेको सल्लाको जंगल मासिँदै जाने खतरा बढेको छ । जथाभावि सल्लाका रुखबाट खोटो संकलन गर्न थालेपछि जंगल मासिँदै जाने खतरा बढेको हो । सल्लाको रुखको बोक्रा ताछेर खोटो निकाल्ने गरिन्छ ।
यसरी खोटो निकाल्दा रुख मर्न पनि सक्छ । जसले गदौ सल्लो मासने खतरा बढेको छ । औषधिको रुपमा प्रयोग हुने खोटो भारतमा समेत निर्यात गरिन्छ ।
वन विभागसँग सम्झौता गरेर दिव्य रोजीन एण्ड टारपेनटाइनले लाफागाँउ, पोखरी, भुट्टार लगायतका क्षेत्रमा खोटो संकलन गरिरहेको छ । तर जथाभावि खोटो संकलन गर्दा सल्लाको रुख सुकेर जान थालेको स्थानीयको भनाइ छ ।
धेरै नाफा कमाउन ठेकेदारले सल्लोको रुखमा नाइटिक एसिड प्रयोग गर्ने गरेको छ । एउटा रुखमा एक ठाउँबाटमात्रै खोटो निकाल्नु पर्ने हो तर मजदुरहरुले दुई तीन ठाउँबाट निकाल्ने गरेका छन् । ज्ञान नभएका सामान्य मजदुरलाई खोटो संकलनमा खटाइएको छ ।
वन विभाग र जिल्ला वन कार्यालयबीच समन्वय नहुँदा सल्लोको संरक्षणमा समस्या थपिएको छ । विभागले अनुमति दिने र अनुगमन जिल्लाले गर्नु पर्ने भएकाले समस्या भएको हो ।
सल्लोको खोटो क्यान्सर लगायतका रोगको औषधिको रुपमा प्रयोग गरिन्छ । उदयपुरमा संकलन गरिएको खोटो भारतमा समेत निर्यात गरिन्छ ।
, उदयपुर




