सामुदायिक वनमा खयरका बिरुवा रोपिए  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सामुदायिक वनमा खयरका बिरुवा रोपिए 

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनमा खयरका बिरुवा रोपिएको छ । देउले सामुदायिक वन उपभोक्ता समूहले आइतबार खयरका १४०० बोट बिरुवा रोपेका छन् ।

पछिल्लो समय सल्लाको बोट मासिँदै गएकाले खयरको बिरुवा रोपिएको देउले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष घिमिरेले बताए । २८५ हेक्टरमा फैलिएको सामुदायिक वनको उपभोक्ता समूहले वर्ष दिनअघि खयरको बिरुवा खरिद गरेर ल्याएर बेर्ना तयार पारेर रोपेको हो ।

खयरको बोट हुर्केपछि भविष्यमा राम्रो मूल्यमा बिक्रीवितरण र आयआर्जन हुने भएकाले खयरको बिरुवा लगाइएको अध्यक्ष घिमिरेले बताए । समूहले खयरको बिउ खरिद गरेर ल्याएर समूहका सदस्यलाई बेर्ना उत्पादन गर्ने जिम्मा दिएको थियो । वृक्षारोपणमा समूहका २८ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);