डडेल्धुरामा मापदण्ड विपरित सल्लाको खोटो संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेल्धुरामा मापदण्ड विपरित सल्लाको खोटो संकलन

sallako khoto

विमल जैरु
डडेल्धुरा, २३ साउन । डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित सल्लाको खोटो संकलन भइरहेको छ । वनका कर्मचारी र संकलन गर्ने कम्पनीको मिलेमतोमा मापदण्ड विपरित खोटो संकलन भइरहेको हो ।

डडेल्धुराका सल्लेरी वनमा मापदण्ड विपरित सल्लाको खोटो संकलन भइरहेको छ । दक्ष कामदारको अभावमा एउटा रुखको दुई वा दुई भन्दा बढी ठाउँबाट खोटो संकलन भइरहेको छ । खोटो संकलन निर्देशिका विपरित माउ रुखबाट र ३६ ईन्च भन्दा कम गोलाईको रुखबाट खोटो संकलन गरिएको छ ।

मापदण्ड विपरित खोटो संकलन गर्दा वन विनाश भएको भन्दै स्थानीयले चिन्ता व्यक्ति गरेका छन् । निर्देशिका विपरित खोटो संकलन भइरहेको जिल्ला वन कार्यालय डडेल्धुराले स्वकारेको छ ।

डडेल्धुरामा दिव्यारोजिन एण्ड टर्पेन्टाईन अत्तरीया सहित माउण्ट रोजिनले खोटो संकलन गरिरहेका छन । जिल्लावाट बर्सेनि चार हजार मेट्रिक टन खोटो संकलन हुने गरेका छ । सामुदायिक वनमा जथाभावि खोटो संकलन हुँदा पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);