छुवाछूत उन्मूलनविरुद्धको सातौं राष्ट्रिय दिवस मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

छुवाछूत उन्मूलनविरुद्धको सातौं राष्ट्रिय दिवस मनाईंदै

kp oli pm

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिंदै सम्पूर्ण नेपालीलाई सबै नेपाली एक भएर लागेमा छुवाछूत प्रथा दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैंका लागि समाप्त हुने बताए । उनले २०६३ जेठ २१ गते तत्कालीन संसद्ले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको स्मरण गर्दै सभ्य समाज र आधुनिक राष्ट्रका लागि जातीय छुवाछूत गम्भीर चुनौती भएको बताए ।

उनले छुवाछूतलाई सामाजिक र नैतिक भ्रष्टाचार तथा मानवीय गरिमा विरुद्धको अपराधको संज्ञा दिंदै छुवाछूत गर्नेलाई कार्बाही गर्ने प्रतिबद्धता जनाए । नेपालमा २०६८ सालदेखि जेठ २१ गतेका दिन जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);