टेष्ट्युव बेबी सेवालाई कानुनी मान्यता दिनुपर्छ : डा रिजाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टेष्ट्युव बेबी सेवालाई कानुनी मान्यता दिनुपर्छ : डा रिजाल

काठमाडौं, १९ जेठ । डाक्टर भोला रिजालले टेष्ट्युव बेबी सेवालाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । लामो समयदेखि निःसन्तान दम्पतीलाई टेष्ट्युब बेबीको सेवा दिँदै आएका डाक्टर रिजालले निःसन्तान दम्पतिका लागि टेष्ट्युव बेबीको सेवालाई कानुनी मान्यता दिनुपर्ने बताएका हुन् ।

शनिबार राजधानीमा फटिलिटी सोसाईटी अफ नेपाल (फेसन) को स्थापनाको जानकारी दिन आयोजित कार्यक्रममा डाक्टर रिजालले नेपालमा झण्डै २० प्रतिशत दम्पत्ति निः सन्तान रहेको र उनीहरुलाई सन्तान दिलाउन सरकारले कानुनी बाटो खोल्नुपर्ने बताए ।

नियम कानुनको अभावमा सेवा दिन समस्या हुने भएकाले निःसन्तान दम्पतीको सहजताका लागि कानुनी बाटो खोल्न आवश्यक देखिएको डा.रिजालले बताए ।

विज्ञका अनुसार जम्मा निःसन्तान दम्पती मध्ये ८५ प्रतिशतलाई उपचार गरेर निको पार्न सकिन्छ तर, १५ प्रतिशतलाई औषधिको प्रयोगले मात्रै नभएपछि कृत्रिम गर्भाधारण गराउनुपर्ने हुन्छ ।

विश्वमा सन् १९७७ बाट सुरु भएको टेस्ट्युव बेबी सेवा नेपालमा १६ वर्ष पुगेपनि हाल सम्म कुनै नियम कानुन बनेको छैन । निःसन्तान भएकाहरुलाई सेवा दिँदै आएका आई भि एफ विशेषज्ञ डाक्टरहरुले पहिलो पटक फटिलिटी सोसाईटी अफ नेपाल (फेसन) को स्थापना गरेका छन् ।

कृत्रिम रुपमा भ्रुण विकास गरेर निःसन्तान आमाको पाठेघरमा राखिने प्रविधि आइभिएफका विशेषज्ञ डाक्टरहरुको संगठन फर्टि्िलटि सोसाइटी अफ नेपाल गठन गरिएको हो । डाक्टर रिजाल अध्यक्ष रहेको फेसनले शनिबार औपचारीकता पनि पाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);