ओली सरकारमा दुई उपप्रधानमन्त्री थपिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

ओली सरकारमा दुई उपप्रधानमन्त्री थपिए

संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटालाई  सोही मन्त्रालयको मन्त्रीमा बढुवा

काठमाडौं, १८ जेठ । केपी ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री थपिएका छन् । ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री ईश्वर पोखरेल र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई आजै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त उपप्रधानमन्त्रीद्धय पोखरेल र यादवलाई शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी थिइन् ।

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालबाट सहरी विकास मन्त्रीमा मोहम्मद इस्तियाक राईनलाई नियुक्त गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटालाई पनि सोही मन्त्रालयको मन्त्रीमा बढुवा गरिएको छ ।

नवनियुक्त मन्त्रीद्धय राई र बास्कोटाले पनि राष्ट्रपति भण्डारीबाट सपथ लिएका छन् । संघीय समाजवादी फोरम, नेपालबाट २ जना थप गरिएसँगै ओली नेतृत्वको मन्त्रीपरिषद २४ सदस्यीय भएको छ ।