हेटौँडा, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आजदेखि हेटौँडामा शुरु भएको छ । बैठकमा पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने राप्रपाले जनाएको छ ।
बैठक भदौ ४ गतेसम्म सञ्चालन हुने छ । बैठकमा संविधान संशोधन र तेस्रो चरणमा हुन लागेको प्रदेश नं २ को स्थानीय निर्वाचनबारे पनि छलफल हुने भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र मंसिर महिनाभित्र हुने प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचनका विषयमा पनि गम्भीर छलफल हुने राप्रपाले जनाएको छ ।