असिना पानीका कारण अछाममा १ करोडको खाद्यबाली नष्ट | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

असिना पानीका कारण अछाममा १ करोडको खाद्यबाली नष्ट

सुशील भण्डारी
अछाम, १८ जेठ
। अछाममा यो बर्ष असिना पानीले १ करोड भन्दा धेरैको खाद्यबाली नष्ट गरेको छ । स्थानीय तहले खाद्यबाली नष्ट भएका कृषकलाई क्षतिपूर्तिका लागि बजेट छुट्टाए पनि राहत नपाएको कृषकहरुको गुनासो छ ।

असिना पानीले अछामको मंगलसेन नगरपालिका र रामारोशन गाउँपालिका खाद्यबाली नष्ट गरेको हो । असिना पानीले यो बर्ष एक करोड भन्दा धेरैको खाद्यबाली नष्ट गरेको छ । बाली भित्र्याउने समयमा परेको असिना पानीले मकै, गँहु ,जौँ, लगागतका खाद्याबाली नष्ट भएको छ । १९हजार ८ सय ९ रोपनि क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगको स्थानीय तहको भनाइ छ ।

खाद्यबालीमा क्षति पुगेपछि कृषकहरु चिन्तित भएका छन् । स्थानीय तहले राहत रकम छुट्टाएपनि आफूहरुले नपाएको कृषकहरुले गुनासो गरेका छन् ।
नगरपालिकाले कृषकहरुलाई राहत स्वरुप ५ लाख छुट्टाएको छ । तर, सो रकम सडक बनाउन प्रयोग गरिएको छ । नगरपालिकाले कृषकहरुलाई सडक बनाउन लगाएर सो बापत रकम दिने बताएको छ ।

बर्सेनि असिना पानीले खाद्यबालीमा क्षेति भएपछि अछामका कृषकहरु कृषि पेशा छोड्न थालेका छन् । कृषकहरुलाई क्षतिपूर्ति उपलब्ध गराएर कृषिमा प्रोत्साहन गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);