गरगहना बैंकमा धरौटी राखेर सडक बनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

गरगहना बैंकमा धरौटी राखेर सडक बनाए

sadak aayojana

ललित सिंह,
बझाङ, १७ जेठ । बझाङको तलकोट गाउँपालिकाका स्थानीयले श्रीमतीको गरगहना बैंकमा धरौटी राखेर सडक बनाएका छन् । सुन धरौटी राखेर बनाएको सडकमा अहिले गाडी गुड्न थालेको छ ।

बझाङको तलकोट गाउँपालिकाका स्थानीयले समिति बनाए श्रीमतीको गरगहना धरौटी राखेर तलकोट सडकखण्ड बनाएका हुन् । २०६० सालमा तलकोटका रजवार नारायण सिंहले श्रीमतीको ७ तोला सुन बैंकमा धरौटी राखेर सडक बनाउने अभियान सुरु गरेका हुन् । सो सडक २०६५ सालदेखि बनाउन सुरु गरिएको हो । अहिले सो सडक खण्डमा सवारी साधन समेत गुड्न थालेको छ । अहिले गाउँमै गाडी गडीले खाद्यन्न लगायतको सामाग्री ढुवानी गर्न थालेपछि स्थानीयलाई राहत मिलेको छ ।

७ तोला सुन बैंकमा राखेर सडक बनाउन थालेपछि विभिन्न निकायले सहयोग रकम उपलब्ध गराएका छन् । सरकारले गर्न नसकेको काम सुन धरौटी राखेर स्थानीयले बनाएको भन्दै बझाङमा अहिले चर्चा परिचर्चा छ । स्थानीयले गहनाबाट २० लाख जम्मा गरेका थिए भने स्थानीय तहले १८ लाख सहयोग गरेको थियो । तर अझै सडक बनाउन लागेको ४३ लाख तिर्न बाँकी रहेको समितिको भनाइ छ ।

बझाङको विभिन्न क्षेत्रमा सरकारी लगानीमा सडक निर्माण भइरहेको छ । तर तलकोट गाउँपालिकाका स्थनीयले भने सुन धरौटी राखेर एक व्यक्ति बराबर एक लाखदेखि चार लाख सम्म संकलन गरेर ६ किलोमिटर सडक बनाएका हुन् । सडक बनाउन अहिलेसम्म ६४ लाख खर्च भएको छ । स्थानीयले सडक बनाउनको लागि सरकारसँग बजेटको अपेक्षा राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);