बजेटले देखेन झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बजेटले देखेन झलनाथ खनाल

jhalanath khanal

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीको वरिष्ठताको वरीयता विवाद चर्किएको छ ।

पार्टी एकीकरणका क्रममा माधव कुमार नेपाललाई पहिलो वरिष्ठताको वरीयतामा राखेपछि वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट हुँदै आएका छन् । पूर्व एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकरणपछि बनेको नेकपाको पहिलो वरिष्ठ नेता पाउनुपर्ने बताउँदै आएका छन् ।

वरिष्ठताको दोस्रो वरीयतामा राखेपछि पूर्वप्रधानमन्त्रीसमेत हरेका खनालले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग असन्तुष्टि जनाउँदै आएका छन् । मंगलबार व्यवस्थापिका संसदमा पेश भएको बजेट प्रस्तुत गर्ने क्रममा पनि वरिष्ठ नेता खनाल अनुपस्थित रहेका थिए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);