कालिकोट, १५ जेठ । कालिकोटको पलाता गाउँपालिकाका स्थानीय खानेपानीको माग गर्दै राजनीतिक दलले गरेको कार्यक्रममा रित्तो गाग्रो लिएर जाने गरेका छन् ।
पलाता वडा नम्बर १, २ र ३ का स्थानीय जुनसुकै दलले गरेको कार्यक्रममा पनि रित्तो गाग्री लिएर जाने गरेका छन् । निर्वाचनको समयमा नेताहरुले खानेपानी बनाइदिने आश्वसन दिएपनि अहिलेसम्म नबनाएको भन्दै कार्यक्रममा रित्तो गाग्री लिएर जाने निर्णय गरेको स्थानीय जयमल बुढाले बताए ।
पलाताको वान्जडा, राडुनेटा, मिजुवाडा र धौलागोहमा खानेपानीको चरम अभाव छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले खानेपानीका लागि २० प्रतिशत बजेट छुट्टाएकाले आगामी तीन बर्ष भित्र सबै गाउँमा पानी पु-याउने दाबी गरे ।