ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित

oman aadhi

काठमाडौं, १३ जेठ । ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

आँधीले ठूलो क्षति पुर्‍याएको त्यहाँको सरकारी निकायले जनाए पनि पूर्ण विवरण आउन बाँकी छ । त्यस क्षेत्रमा कार्यरत कम्तीमा ७ हजार नेपाली सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ । ‘प्रभावित क्षेत्रका नेपालीसँग नियमित सम्पर्क भइरहेको छ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘अप्रिय खबर आएको छैन ।’

सलालहमा कार्यरत नेपालीका अनुसार प्रहरीले समुद्री तटीय क्षेत्रमा रहेका सबैलाई हटाएर सुरक्षित स्थानमा राखेको छ । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

१० घन्टा अघि

test123123

१० घन्टा अघि