न्यूयोर्कमा 'मिस नेपाल नर्थ अमेरिका' हुँदै | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

न्यूयोर्कमा ‘मिस नेपाल नर्थ अमेरिका’ हुँदै

न्यूयोर्क । आगामी अगष्ट ११ तारिकमा ‘मिस नेपाल नर्थ अमेरिका’ अमेरिकाको न्युयोर्कमा हुने भएको छ । उक्त प्रतियोगितालाई उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा संयुक्त रूपमा आयोजना गरेका हुन्।

आयोजनकले न्युयोर्कमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । यही मे १२ गतेदेखि उक्त प्रतियोगिताका लागि इच्छुकले आवेदन दिन सक्नेछन्। आगामी जुन १५ गते आवेदन वुझाउने अन्तिम दिन रहेको आयोजकले जनाएको छ । जुलाई १ तारिखमा आवेदकको अन्तिम नामावली प्रकाशित गरिनेछ।

यस्ता युवतीले भाग लिन पाउँछन:

  • मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने
  • अविवाहित
  • ५ फुट २ इन्च हुनु पर्ने
  • शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट)
  • प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने
  • नेपाली मूलको हुनु पर्ने
  • निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप  भएकाे
  • जीवन वृति हाक्न सक्ने
  • सफल हुन् प्रभावशाली इच्छा भएको

बिस्तृत जानकारी [email protected]www.missnepalna.com/applynow मा हेर्न सकिने आयोजकले जनाएको छ ।

 

अघिल्लो समाचार

पछिल्लो समाचार