श्रृंखला र सम्भवले गरे ‘ईङ्गेजमेन्ट’ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

श्रृंखला र सम्भवले गरे ‘ईङ्गेजमेन्ट’

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाको ‘ईङ्गेजमेन्ट’ भएको छ । उनले प्रेमी सम्भव सिरोहियासँग ‘ईङ्गेजमेन्ट’ गरेकी हुन् ।

एक हप्ताअघि अमेरिकामा खतिवडा र सिरोहियाबीच ‘ईङ्गेजमेन्ट’ भएको हो । उक्त समारोहमा परिवारका सदस्यको मात्र सहभागिता रहेको स्रोतले ईमाउण्टेनलाई जानकारी दियो ।

‘ईङ्गेजमेन्ट’का लागि खतिवडाका बुबा विरोध खतिवडा, आमा मुनु सिग्देल खतिवडा र उनका भाई बिम्व खतिवडा अमेरिका पुगेका थिए । खतिवडाको ‘ईङ्गेजमेन्ट’ सँगै दिक्षान्त समारोहमा भाग लिन उनको परिवार अमेरिका गएको थियो । तर, दिक्षान्त समारोहका तस्विरसँगै अन्य घुमघामका तस्विर सामाजिक सञ्जालमा राखेपनि ‘ईङ्गेजमेन्ट’को विषय भने गोप्पे राखिएको छ ।

उनीहरु करिब एक वर्ष देखि प्रेम सम्बन्धमा रहेका थिए । श्रृंखलालाई भेट्न सम्भव केहि समय अघि अमेरिका गएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);