‘रक एन रोल’की रानी टीना टर्नरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘रक एन रोल’की रानी टीना टर्नरको मृत्यु

एजेन्सी, ११ जेठ । ‘रक एन रोल’की रानी भनेर चिनिने टिना टर्नरको निधन भएको छ । आफ्ना प्रियजनको आँखामा आँसु लिएर उनले यो संसारलाई बिदा गरिन् । उनी लामो समयदेखि बिरामी थिइन् । ८३ वर्षीया टिनाको मृत्युपछि उनका फ्यानदेखि सेलिब्रेटीहरू शोकमा छन् ।

फ्यानदेखि लिएर सेलिब्रेटीसम्मले सामाजिक सञ्जालमा दिग्गज गायिकाकलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बलिउडका चर्चित अभिनेता अरबाज खानले पनि टिना टर्नरको निधनमा शोक व्यक्त गरेका छन् । अरबाजले दिवंगत गायकको तस्विर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् । तस्बिरसँगै अरबाजले क्याप्सनमा लेखेका छन्,‘आरआईपी टिना टर्नर ।’ यससँगै अरबाजले टुटेको हार्ट इमोजी पनि सेयर गरेका छन् ।

बुधबार, टिना टर्नरका प्रचारक बर्नार्ड डोहर्टीले उनको मृत्युको पुष्टि गर्दै एक विज्ञप्ती जारी गरे । विज्ञप्तिमा भनिएको छ–“रक एन रोलको रानी’को आज ८३ वर्षको उमेरमा स्विट्जरल्याण्डको ज्युरिच नजिकैको कुस्नाच्टमा रहेको आफ्नो घरमा लामो समयदेखि बिरामी परेर निधन भएको छ। उहाँको निधनले विश्वले एक महान संगीतकार र एक रोल मोडेल गुमाएको छ।“

टीना टर्नरको स्वास्थ्य विगत केही वर्षदेखि राम्रो थिएन । सन् २०१६ मा टिनालाई आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । एक वर्षपछि अर्थात् २०१७ मा उनको मृगौला प्रत्यारोपण भयो । २६ नोभेम्बर १९३९ मा जन्मेकी टीनाले ६० को दशकमा आफ्नो करियर सुरु गरेकी थिइन् । टिना टर्नरको पहिलो गीत ’अ फूल इन लभ’ थियो, जुन उनले आफ्ना पूर्व पति इकेसँग गाएकी थिइन्। यसले सफलताका सबै रेकर्ड तोड्यो।

६० को दशकको मध्यमा, टिना र उनका पति इकेको जोडीले संगीत उद्योगलाई हल्लायो। यद्यपि, जब टीनाले ७० को दशकमा आफ्नो पति इकेसँग सम्बन्ध विच्छेद गरिन्, उनीहरूको व्यावसायिक जोडी पनि अलग भयो। यसपछि टिनाले संगीत क्षेत्रमा एक्लै चमत्कार गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);