नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव पेश | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव पेश

samsadh

काठमाडौं, ९ जेठ । सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव पेश गरिएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरुले ६ वटा संशोधन प्रस्ताव पेश गरेका हुन ।

नेपाली कांग्रेसका १७ जना सांसदहरुको तर्फबाट नेता डाक्टर मिनेन्द्र रिजालले पेश गरेको संशोधन प्रस्तावमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरेको भन्दै त्यसमा संशोधन गर्न माग गरिएको छ । नेता रिजालले संसदको मर्यादामाथि नै आँच आउने गरी राष्ट्रपतिबाट भएको सम्बोधनलाई सामान्य त्रुटिको रुपमा नलिन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

संघीय समाजवादी फोरम नेपालका सांसदहरु प्रदिप यादव, रामसहायप्रसाद यादव, सुरेन्द्रकुमार यादव र रेणुका गुरुङ तथा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद अनिल झाले संविधान संशोधन गर्नुपर्ने मुख्य बूँदा नीति तथा कार्यक्रममा थप गर्न माग गर्दै संशोधन प्रस्ताव पेश गरे ।

संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सहिदहरुको अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।सांसद यादवले ‘सुःखी नेपाली र समृद्ध नेपाल’ बनाउन पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा मधेशी जनताको माग अनुसार संविधान संशोधन गर्नेछु भन्ने प्रतिवद्धतासहितको बुँदा थप गर्नुपर्ने तर्क गरे ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद अनिल झाले मुुलुकलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन संविधान संशोधन गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);