राजपाले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ८ जेठ । राष्ट्रिय जनता पार्टीले सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । राष्ट्रिय जनता पार्टीको मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको मुलभुत मुद्धा सम्बोधन नभएको भन्दै सशोधन दर्ता गराउने निर्णय गरेको हो ।

त्यसैगरी विभिन्न समयका आन्दोलनमा शहीद भएकाको आश्रित परिवारलाई सरकारले भरण पोषणको व्यवस्था गरिने छ भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिनुपर्ने राजपाको माग छ ।

बैठकमा पार्टीको विधान, घोषणापत्र र नियमावलीको मस्यौदा पनि पेश भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुनुपर्ने भन्दै बैठक १४ गते सम्मका लागि स्थगित गरिएको छ ।

यसैबीच, बैठक लगत्तै राजपाले संसद सचिवालय पुगी नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएको छ । सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालले पनि संशोधन दर्ता गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);