राजनीतिक आन्दोलनका उपलब्धीलाई नजरअन्दाज गरेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

राजनीतिक आन्दोलनका उपलब्धीलाई नजरअन्दाज गरेको देउवाको आरोप

sherbahadur deuba

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले सरकारको नीति तथा कार्यक्रममा राजनीतिक आन्दोलनका उपलब्धीलाई नजरअन्दाज गर्न खोजिएको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सरकरको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले नीति तथा कार्यक्रममा कुनै नयाँपन नरहेको दाबी गरे ।

कांग्रेस सभापति देउवाले अहिलेको आवश्यकता संघीयता कार्यान्वयन गर्नु भएको भन्दै  हावादारी कुराले देश अघि नबढ्ने टिप्पणी गरे । उनले नीति तथा कार्यक्रममा राजनीतिक आन्दोलनका उपलब्धीलाई नजरअन्दाज गर्न खोजिएको आरोप लगाए ।

देउवाले संविधान संशोधन गर्दै सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए । उनले जनतालाई राष्ट्रवादको पाढाउन आवश्यक नरहेको टिप्पणी गरे । सम्बोधनको सुरुमै राष्ट्रपतिले ‘सम्माननीय’ शब्दको उचारण नगरेकोप्रति देउवाले आपत्ति जनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);