आइपीएल खेलेका सन्दीप लामिछाने स्वदेश फर्किए | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

आइपीएल खेलेका सन्दीप लामिछाने स्वदेश फर्किए

काठमाडौं, ८ जेठ । पहिलो पटक नेपाली खेलाडीका रुपमा आइपीएल खेलेका सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । उनी आज अपरान्ह त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आइपीएलमा धेरै कुरा सिक्ने अवसर पाएको बताए । साथै उनले आगामी दिन आफ्ना नेपाली सहयात्री खेलाडीलाई पनि आइपीएलमा देख्न चाहेको बताए ।

उनलाई आइपीएलका लागि दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको थियो । आइपीएलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);