३३ किलो सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त 'गोरे' विराटनगरमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

३३ किलो सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त ‘गोरे’ विराटनगरमा

काठमाडौं ८ जेठ । ३३ किलो सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई विराटनगर लगिएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । गोरेलाई आजै जिल्ला अदालत मोरङमा पेश गरिनेछ।

गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलन पश्चात उनलाई आज सार्वजनिक गरेपछि विराटनगर लगिएको हो । गोरेलाई यति एयरलाइन्समार्फत विराटनगर पुराइएको छ ।

प्रहरीको विशेष अनुसन्धान टोलीले गोप्य सुचनाका आधारमा उनलाई काठमाडाैँ महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा नियन्त्रणमा लिएको थियो ।

मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विशेष अनुसन्धान टोलीले गोरेलाई सार्वजनिक गर्दै गोप्य सुचनाको आधारमा पक्राउ गर्न सफल भएकोे जानकारी गराएको थियो ।

मन्त्रीपरिषद्को चैत २० गते बसेको बैठकले गृहमन्त्रालयका सह सचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा संगठित अपराध निवारण ऐन २०१२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरेको थियो । सुरुमा अध्ययन अनुसन्धानका लागि ४५ दिनको समय पाएको यो समितिलाई सरकारले जेठ मसान्त सम्मको समय थप गरेको छ ।

यो टोलीले ३३ किलो सुन काण्डमा संलग्न भएका ६५ जना विरुद्ध २०७५ जेठ १९ गते मोरङ जिल्ला अदालतमा विभिन्न आपराधिक समुहको स्थापना लगायत संगठित अपराध ऐन अन्र्तगत आकर्षित हुने अभियोजन सहितको मुद्धा दर्ता गरिसकेको छ ।

यसघि प्रतिवादी बनाईएका यसै मुद्धाका ६५ मध्ये ३३ फरार र ३२ जनालाई अदालत समक्ष पठाईसकिएको छ । मुद्धाका मुख्य अभियुक्त गोरे मोरङ उर्लाबारी ४ घर भई काठमाडौको गौरीघाटमा बसोबास गर्दै आएका थिए । ३३ किलो सुनकाण्डमा उनी फरार सूचीमा थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);