'एफए कप'को उपाधि चेल्सीलाई | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

‘एफए कप’को उपाधि चेल्सीलाई

chelsea fa cup

एजेन्सी , ६ जेठ । चेल्सीले एफए कपको उपाधि हात पारेको छ । म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्दै चेल्सीले एफए कपको उपाधि हात पारेको हो ।

चेल्सीका लागि खेलको २२ औं मिनेटमा इडेन हाजार्डले पेनाल्टीमार्फत गरेको गोल नैे निर्णायक बन्यो । इंगल्याण्डको राष्ट्रिय रंगशाला वेम्ब्लीमा भएको खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि म्यान्चेष्टर युनाइटेडले गोल फर्काउन भने सकेन ।

एलेक्सिस सान्चेजले गोल गर्ने सुन्दर मौका गुमाए भने पाउल पोग्बाको दुई वटा उत्कृष्ट प्रहार चेल्सीका गोलरक्षक थिबाउ कोर्टुआले बचाए । एफए कपको उपाधि जितेर चेल्सीले प्रिमियर लिगमा पाँचौं स्थानमा चित्त बुझाउनुपरेको पीडा भुलाउने प्रयास गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);