आईपीएल : कोलकत्ता नाइट राइडर्स प्लेअफमा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

आईपीएल : कोलकत्ता नाइट राइडर्स प्लेअफमा

kkr-srh

एजेन्सी, ६ जेठ । कोलकत्ता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा छनोट भएको छ । कोलकत्ता नाइट राइडर्स गएराति शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरी प्लेअफमा छनोट भएको हो ।

कोलकत्ताले सनराइजर्सले दिएको १ सय ७३ रनको लक्ष्य दुई बल बाँकी छँदा पूरा गर्‍यो । टीमलाई प्लेअफमा छनोट गराउने क्रममा क्रिस लिनले ५५, रोबिन उथप्पाले ४५, सुनिल नारायणले २९ र दिनेश कार्तिकले २६ रनको योगदान गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्सले ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । उसका लागि शिखर धवनले सर्वाधिक ५० रन बनाए । प्रसिद्ध कृष्णले कसिलो बलिङ गर्दै ४ ओभरमा ३० रन खर्चिएर चार विकेट लिएका थिए ।

आईपीएलमा अब प्लेअफमा पुग्ने एउटा टीम छनोट हुन बाँकी छ । प्लेअफमा छनोटका लागि आज मुम्बई इण्डियन्सले दिल्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जाबले चेन्नई सुपर किंग्ससँग खेल्दै छन् ।

गएराति भएको खेलमा रोयल च्यालेन्सर्ज बैंगलोरलाई ३० रनले पराजित गरी राजस्थान रोयल्सले पनि प्लेअफमा छनोट हुने सम्भावना कायम राखेको छ । आजको खेलमा मुम्बई र किंग्स इलाभेन पराजित भए राजस्थान प्लेअफमा छनोट हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);