एजेन्सी , साउन ३२ । सियरालियोनमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार सय नाघेको छ ।
पहिरोमा परी झण्डै ६ सय जना हराइरहेका छन् भने तीन हजार मानिस विस्थापित भएका छन् । अझै धेरै हराइरहेकाले उद्धारको कामलाई तीब्रता दिन सियरालियोन सरकारले निर्देशन दिएको छ । राष्ट्रपति एमेष्ट बाइ कोरोमाले पहिरोले धेरै क्षति र्पुयाएको भन्दै पहिरोबाट प्रभावित हजारौँलाई तत्काल राहतको आवश्यकता रहेको भन्दै सहयोगका लागि अपिल गर्नुभएको छ । राजधानी फ्रिटाउन नजिकै लेदोमाटो सहितको पहिरो जाँदा ठूलो संख्यामा जनधनको क्षति भएको बिबिसीले जनाएको छ ।
लगातारको वर्षाका कारण रिजेन्ट क्षेत्रको एउटा पहाडमा पहिरो गएको हो ।