काठमाडौं, ३ जेठ । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर २ पार्टीको एकीकरण भएको घोषणा गरिएको हो ।
नवगठित पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउन २ पार्टीबीच एकता गरिएको उदघोष गरेका छन् । अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिको चाहनालाई पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरिएको बताए ।
उनले दुई पार्टी बीचको एकताले विश्व समुदायलाई नै नेपाल विकास र समृद्धिको दिशामा अघि बढेको सन्देश दिएको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर २ पार्टीबीच एकता गर्ने अवसर प्राप्त भएकोमा गौरवको अनुभूति भएको बताए ।
उनले जनतासँग गरिएको प्रतिवद्धता पूरा गर्ने नयाँ युग सुरु भएको उल्लेख गर्दै त्यसमा विचलित नभई अघि बढन पनि नवगठित पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । थप भिडियो हेर्नुहोस्: