राजनीतिमा ऐतिहासिक फड्को | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजनीतिमा ऐतिहासिक फड्को

umle moist unity

काठमाडौं, ४ जेठ । एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरण भई मुलुकमा बलियो एवम् सशक्त नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। नयाँ पार्टीको संघीय संसद्मा झन्डै दुईतिहाइ बहुमत छ भने ६ प्रदेश सरकारमा नेतृत्व छ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको नेताहरूले दाबी गरेका छन्। उनीहरूका अनुसार चीन र भियतनामपछि नेपालको कम्युनिस्ट पार्टी तेस्रो ठूलो पार्टी हो। दक्षिण एसियामा भने पहिलो ठूलो कम्युनिस्ट पार्टी बनेको छ।

स्थानीय तहमा ठाउँ विशेष एवं संघ–प्रदेशसभा निर्वाचनसम्म गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले एकआपसमा विलय भई नयाँ कम्युनिस्ट पार्टीको गठन भएको उद्घोष गरेका हुन्। कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थितिबीच बिहीबार राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा गरिएको हो। त्यसअघि दुवै पार्टीले आआफ्ना कमिटी भंग गरी एकीकृत पार्टी गठन भएको भन्दै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको निवेदन दिएका थिए।

२००६ सालमा पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टी टुटफुट हुँदै विभिन्न चिरामा विभाजित भएको थियो। कम्युनिस्ट पार्टी विभाजनको २० हजार ४ सय ४० दिनपछि एकता भएको नेता जनार्दन शर्माले बताए।

०१५ सालको आम निर्वाचनमा कम्युनिस्ट पार्टीले जम्मा ४ सिट जितेको थियो। तर हाल दुई दल मिलेर बनेको कम्युनिस्ट पार्टीसँग प्रतिनिधिसभाको २ सय ७५ सिटमध्ये झन्डै दुईतिहाइ अर्थात् १ सय ७४ सिट छ। ७ सय ५३ स्थानीय तहमध्ये ४ सय ३ तहको सरकार छ भने प्रदेश २ बाहेक ६ वटा प्रदेशमा सरकारको नेतृत्व छ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असोज १७ गते राष्ट्रियसभा गृहमै आयोजित कार्यक्रममा पार्टी एकता गर्ने घोषणा गरेका थिए। त्यसयताका निरन्तर छलफल र वार्तापछि एमालेका तत्कालीन महासचिव स्व। नेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस (जेठ ३ गते) को मौका पारेर पार्टी एकता घोषणा गरिएको हो। कम्युनिस्ट पार्टीसँग जोडिएका सिङ र पुच्छर हटाएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्र राखिएको छ।

दुई अध्यक्षबीचको सहमतिअनुसार बिहीबार बिहान एकता संयोजन समितिले पार्टी एकता गर्ने निर्णय गरेको थियो। लगत्तै दुवै दलका केन्द्रीय कमिटीका अलगअलग बैठक गरी कमिटी भंग गरिएका थिए। साथै प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ पार्टीको केन्द्रीय कमिटीको बैठक बसी केन्द्रीय सदस्यहरूलाई नयाँ पार्टीका तर्फबाट शपथ खुवाइएको थियो।

दुई अध्यक्ष र ९ सदस्यीय सचिवालय रहेको कम्युनिस्ट पार्टी एकता कसैका विरुद्ध लक्षित नरहेको भन्दै ओली र दाहालले कसैलाई पनि विचलित नहुन आग्रह गरेका छन्। एकता घोषणासभामा दाहाल र ओलीले विकास, स्थिरता र समृद्धिका लागि पार्टी एकता गरिएको घोषणा गरे। अरू साना कम्युनिस्ट पार्टीलाई पनि एकतामा आउन दुवै नेताले आग्रह गरे।

अब तीनचौथाइ ओली

पार्टी घोषणा सभामा अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको प्रतिस्पर्धी अब कांग्रेस नरहेको बताए। कानुनी एवं वैधानिक रूपमा कांग्रेस प्रमुख प्रतिपक्षी रहे पनि अब कांग्रेस प्रतिस्पर्धी नरहेको उनले बताए। एउटा चुनाव हार्दैमा कांग्रेसलाई नआत्तिन ओलीले सुझाए।

‘कम्युनिस्ट पार्टीका लागि दुईतिहाइ त सामान्य भइसक्यो, अब आउने निर्वाचनमा कम्तीमा तीनचौथाइ’, ओलीले भने। ओलीले नयाँ कम्युनिस्ट पार्टी गठन भएको नभई ०६ सालमा पुष्पलालले गठन गरेको कम्युनिस्ट पार्टी पुनर्गठन भएको पनि दाबी गरे।

‘अब कम्युनिस्टहरू फुट्न जान्दैनन्, जुटन मात्र जान्दछन्’, ओलीले भने। केन्द्रीय, प्रदेश र स्थानीय गरी तीन वटै सरकारमा वामपन्थीको बहुमत बढी पकड रहेको उनको भनाइ छ। ‘नयाँ इतिहास रचना भएको छ’, ओलीले भने,‘कम्युनिस्ट आन्दोलन नयाँ युग र उचाइमा पुगेको छ। अब सही नीति साथ राष्ट्र निर्माणको यात्रामा अघि बढने अठोट छ।’

राजनीतिक मूलधारबाहिर रहेका नेत्रविक्रम चन्दलाई पनि मूलधारमा आउन ओलीले आग्रह गरे। ‘नमिल्दा टेढा कुरा गरेर कुनामा बस्नु कम्युनिस्ट सिद्धान्त होइन, बानी बिगे्रको बच्चा जस्तो सुतली बम पड्काएर हिँडेको छ। त्यो कहाँको, कुन माक्र्सवाद पढेको हो ’ उनले प्रश्न गरे।

गुणात्मक छलाङ दाहाल

दुई पार्टीबीचको एकताले गुणात्मक छलाङ मारेको अध्यक्ष दाहालले बताए। एमाले–माओवादीले यसअघि गरेका पार्टी एकता मात्रात्मक मात्र रहेको र अहिलेको एकता गुणात्मक भएको उनको भनाइ छ। ‘हामीले दुवैका गरी ८०÷८५ ओटा भएछ, एकता गरेको। त्यसको गुणात्मक छलाङ हो, यो अहिलेको एकता। ती अगाडिका एकता मात्र थिए। अब हामी गुणमा हाम्फाल्यौं,’ दाहालले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ। पानीभित्र हाइड्रोजन छुट्ट्याउन खोजेर पाइँदैन। त्यो पानी हुन्छ। नेपाल कम्युनिस्ट पार्टीमा पनि यो एकतापछि अब न एमाले छ, न माओवादी छ। त्यो अर्को बनिसक्यो।’

पार्टी एकताले देशमा सुशासन, स्थिरता, विकास र समृद्धिको बाटो तय गरेको दाहालले बताए। ‘पार्टी एकताको तागतले जनतालाई चाहिएको सुशासन, विकास दिनेछ। राष्ट्रलाई स्वाधीनता, एकता र आत्मसम्मान दिनेछ। नेपाली भएर बाँच्नु र काम गर्नुको गौरव यसले प्रदान गर्नेछ। त्यसकारण यो बहुआयामिक छ,’ उनले भने।

कम्युनिस्टहरूसँग त्याग, बलिदान र समर्पणको इतिहास भए पनि त्यसलाई सत्तामा पुग्दा सदुपयोग गर्ने र जनताको हितमा प्रयोग गर्न नसक्दा टिक्न नसकेको बताउँदै दाहालले अव नवगठित कम्युनिस्ट पार्टीले भने त्यस्तो हुन नदिने दाबी गरे।

‘इतिहासमा धेरै कम्युनिस्टले त्याग, बलिदान गरे, संसारलाई थर्काउने गरी क्रान्ति पनि गरे, तर सरकारमा पुगेपछि यति भेस्ट भएकी जनताले नै पिटिपिटी मार्नुपर्ने अवस्थासम्म पनि आयो,’ दाहालले भने, ‘तर अब यो कम्युनिस्ट पार्टीले सत्तामा रहेर पनि जनतासँगको सम्बन्ध टुटाउँदैन। जनता र पार्टी नेताहरूबीचको सम्बन्ध नङमासुको जस्तै बनाएर जान्छ।’

ओलीको ठट्यौली र दाहालको भावुकता

पार्टी एकता घोषणासभामा अध्यक्ष पुष्पकमल दाहाल भावुक बनेका थिए भने ओलीले ठट्यौली शैलीमा कार्यकर्तालाई हँसाएका थिए। ‘एकतालाई कसरी व्याख्या गर्ने भन्ने शब्दको दुस्ख भएको छ,’ भाषणमा माहिर मानिने दाहालले भने। आफ्नो पुस्ता ‘डाँडामाथिको जून’जस्तै भएको भन्दै दाहालले नयाँ पुस्ताको भविष्यका लागि एकता गरिएको उल्लेख गरे। सम्बोधनका क्रममा पटकपटक गला अवरुद्ध भएका दाहालले पार्टी एकतालाई ‘क्रमभंगताको गुणात्मक फड्को’ भएको दाबी गरे। पार्टी एकता आजै (बिहीबार) गर्नुपर्छ भनेर आफूले ओलीसँग प्रस्ताव गरेको पनि दाहालले बताए। ‘तपार्इंहरूले थाहा पाएको मितिमा पार्टी एकता हुँदैन, थाहा नपाएको मितिमा हुन्छ भनेर मैले दुई दिनअघि मात्र भनेको थिएँ,’ दाहालले भने, ‘आज जेठ ३, मदन भण्डारी र जीवराज आश्रितकै स्मृति दिवसका दिन पार्टी एकता गर्न पाएकोमा गर्व व्यक्त गर्न चाहन्छु।’

दाहालपछि बोल्ने पालो थियो, ओलीको। ‘प्रचण्डजीको त गला अवरुद्ध भयो, पुष्पलालजी जीवित हुनुभएको भए बूढो मान्छे नाच्नुहुन्थ्यो,’ ओलीको भनाइ नसकिँदै दर्शकदीर्घामा ताली र हाँसोको फोहरा छुट्यो। एकपछि अर्को ठट्यौली शैली पस्कँदै ओलीले भने, ‘पार्टी एकतामा दुई दिनको समय लाग्छ भनेको थिएँ, कतिलाई ठट्टै लाग्यो,’ फेरि हाँसो र तालीले गुन्जियो राष्ट्रियसभा गृह। केही दिनअघि मात्र आफू र दाहाल एकअर्कोतिर फर्केको भनी प्रकाशित समाचारबारे पनि ओलीले व्यंग्य गरे, ‘मैले त्यो देखेर भोलि बिहान को कता फर्केको छ, फोटो खिच्न आउनू भनेको थिएँ, हिजो बिहान त देखियो नि।’ नयाँ पार्टीमा दुई अध्यक्ष रहेकोबारे पनि ओलीले ठट्यौली शैलीमा व्याख्या गरे। ‘टेम्पो चलाए जस्तो होइन,’ ओलीले भने, ‘जेटमा दुई जना पाइलट हुन्छन्, हाइटमा उडाउनुपर्छ।’

आफू ड्राइभरको सिटमा भए पनि चक्का (पार्टी) गुड्न नसके ड्राइभरले मात्र केही गर्न नसक्ने ओलीले बताए। ‘प्रचण्डजीले नमानेको भए एकता कहाँ हुन्थ्यो, एक्लै गरेर हुँदैनथ्यो, मैले नचाहेको भए पनि कहाँ हुन्थ्यो र ’ उनले भने। एमाले माओवादी र माओवादी एमालेमा विलय भएको ओलीले घोषणा गरे। ‘हिन्द महासागरमा कोसी र कर्णालीको पानी खोजेर कहाँ भेटिन्छ रु ’, उनले भने, ‘मिलिसक्यो।’ आफूले संयुक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिस्काएको प्रसंग पनि ओलीले कार्यकर्तालाई सुनाए। ‘तपाईंको माओवादी केन्द्रको अध्यक्ष पद सिद्धियो भनेर मैले प्रचण्डजीलाई भनें। उहाँले पनि तपार्इंको एमालेको अध्यक्ष सिद्धियो भन्नुभयो’, ओलीले भने, ‘हो, मैले त्यही सुन्न चाहेको थिएँ। अब एमाले पनि छैन, माओवादी केन्द्र पनि छैन।’

विगतमा कम्युनिस्टहरू फुटे भनेर ठूलाठूला अक्षरमा समाचार आउने गरेको प्रसंग उल्लेख गर्दै ओलीले अब त्यस्तो नहुने बताए। ‘कम्युनिस्टहरूका लागि अब विन्टर सिजन छैन,’ ओलीले भने, ‘विन्टरमा पात झरेको स्याउको रूख जस्तो हुनुहुँदैन।’

कार्यक्रममा दुई दलबीचको ६ बुँदे घोषणापत्र वाचन गर्न मञ्चमा बोलाइएका वरिष्ठ नेता माधव नेपालले पृथ्वीनारायण शाहलाई सम्झेका थिए। ‘पृथ्वीनारायण शाहले साना दुस्खले आज्र्याको मुलुक होइन भने जस्तै यो एकता पनि साना मेहनतले भएको होइन,’ नेपालले भने। विदेश भ्रमणमा रहेका कारण सचिवालय सदस्य झलनाथ खनाल भने कार्यक्रममा अनुपस्थित थिए। एकता घोषणालगत्तै राष्ट्रियसभा गृह र माइतीघर मण्डलालगायत विभिन्न क्षेत्रमा खुसियालीमा दीपावली गरिएको छ भने प्रधानमन्त्री निवासमा बत्तीको झिलिमिलीसहित नेताहरूलाई रात्रिभोज दिइएको थियो। एकताको टुंगो लागेलगत्तै बिहान प्रधानमन्त्री निवासमा दुई अध्यक्षले जापानी प्रजातिको जिन्को वाइलोवा नामक बिरुवा रोपेका थिए।

यस्तो छ संगठन

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी

सचिवालय :  ९

स्थायी समिति स: ४५

केन्द्रीय समिति स: ४४१

अध्यक्ष स् केपी ओली/पुष्पकमल दाहाल

वरिष्ठ नेता स् झलनाथ खनाल, माधवकुमार नेपाल

सचिवालय सदस्यहरू स् वामदेव गौतम, नारायणकाजी श्रेष्ठ (प्रवक्ता), ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल

एमाले–माओवादीले आआफ्ना पूर्ववत् पार्टी संरचना विघटन गर्दै गठन गरेको नेपाल कम्युनिस्ट पार्टी दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी बनेको छ । जनमत, संसद्मा रहेको उपस्थितिलगायत आधारमा नेकपा दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी बनेको हो । पार्टी केन्द्रमा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति हुनेछ । केपी ओली र पुष्पकमल दाहालले पार्टीको संयुक्त नेतृत्व गर्नेछन् ।

दुई अध्यक्षात्मक प्रणालीका रूपमा ओली–दाहालले संयुक्त रूपमा पार्टीको नेतृत्व गर्ने गरी नेकपाको पार्टी संगठनात्मक संरचना निर्माण प्रक्रिया सुरु भइसकेको छ । ओली–दाहालले पार्टीको आलोपालो बैठकको अध्यक्षता गर्ने, निर्णयमा दुवैले हस्ताक्षर गर्ने गरी अधिकारक्षेत्र तय गरिएको छ । आगामी एकताको महाधिवशेनसम्म अन्तरिम पार्टी विधानका आधारमा पार्टी सञ्चालन गर्ने गरी नेतृत्वसम्बन्धी त्यस्तो नीति तय गरिएको नेकपाका नेताको भनाइ छ ।

पार्टी महासचिवमा विष्णु पौडेल चयन भएका छन् । दैनिक कार्यसञ्चालन गर्नका लागि ९ सदस्यीय सचिवालयसमेत गठन भएको छ । सचिवालयमा अध्यक्षद्वयका अतिरिक्त झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र पौडेल रहनेछन् । खनाल र नेपाललाई पार्टीको वरिष्ठ नेता बनाइएको छ भने श्रेष्ठलाई प्रवक्ता तोकिएको छ ।

पार्टी एकताका लागि गृहकार्य गर्न बनाइएको पार्टी एकता संयोजन समितिलाई नै सचिवालयमा रूपान्तरण गरिएको अध्यक्ष पुष्पकमल दाहालले बताए । एकता संयोजन समितिमा यसअघि महासचिव पौडेलबाहेकका अन्य ८ जना नेता थिए । अहिले पौडेललाई थप गरी ९ सदस्यीय सचिवालय बनाइएको छ । त्यसमा केही नेतालाई आमन्त्रित सदस्यका रूपमा थप गर्ने तयारी भएको छ ।

सचिवालयले गाउँ तहसम्मको पार्टी संगठन, जनसंगठन र प्रवास संगठनसम्मको एकीकरण र दैनिक कार्यसञ्चालनको काम गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।

‘सचिवालयले विघटित पार्टीका संगठनको गाउँ तहसम्मको एकीकरण, जनसंगठन, प्रवास संगठनको एकीकरणको काम गर्नेछ’, भट्टराईले भने । एकीकरणको काम तीन महिनाभित्र पूरा गर्ने गरी कार्यतालिका बिहीबार नै तय गरिसकिएको अध्यक्ष ओलीले बताएका थिए । ‘हामी आगामी तीन महिनाभित्र सबै तहसम्मको पार्टी एकीकरणको काम सक्छौं । गाउँ तहसम्मै तीन महिनाभित्र काम सक्ने निर्णय हामीले आजै (बिहीबार) गरिसकेका छौं’, ओलीले भने ।

नवगठित नेकपाको स्थायी समिति भने ४५ सदस्यीय हुनेछ । स्थायी समितिमा पूर्ववत् एमाले स्थायी समितिका २२ जना र आयोगका चार अध्यक्ष गरी २६ जना तोकिएका छन् । तर बाँकी १९ मा भने पूर्ववत् माओवादीका नेता रहनेछन् । पूर्ववत् माओवादीका तर्फबाट भने स्थायी समितिमा पर्ने नेताको नाम टुंगो लागिसकेको छैन । पोलिटब्युरो नराख्ने गरी केन्द्रीय समिति मात्र रहने व्यवस्था अन्तरिम विधानमा छ ।

४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा पूर्ववत एमालेका २ सय ४१ र पूर्ववत् माओवादीका तर्फबाट २ सय जना रहनेछन् । एमालेका विघटित केन्द्रीय समितिका सबै सदस्य स्वत केन्द्रीय समितिमा परेका छन् । माओवादीका तर्फबाट भने सबै सदस्यको टुंगो लागिसकेको छैन । यसको टुंगो लगाउने जिम्मा दाहाल, श्रेष्ठ र थापालाई पार्टी विघटन हुनुअघि बसेको केन्द्रीय हेर्डक्वाटरको विस्तारित बैठकले दिएको छ ।

पार्टी एकताको घोषणा गर्नुअगाडि विघटन दुवै पार्टीले आआफ्ना केन्द्रीय समितिको बैठकबाट एकताको निर्णय गर्दै पार्टी विघटन गरेका थिए । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारमै दुवै पार्टीको केन्द्रीय समितिको संयुक्त बैठक बसेको थियो । संयुक्त बैठकपछि अध्यक्षद्वय ओली र दाहालकै नेतृत्वमा शीर्ष नेता नै निर्वाचन आयोग पुगेर पार्टी दर्ताको निवेदन दिएका थिए । नेपाल कम्युनिस्ट पार्टी यसअघि नै ऋषि कट्टेलको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएका कारण उनीहरूले भने पार्टी दर्ताको निवदेन दिँदा पार्टी नाममा अन्डर लाइन राखेर दिएका छन् । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);