'नीजि क्षेत्रको विकासका लागि आवश्यक वातावरण बन्छ' | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

‘नीजि क्षेत्रको विकासका लागि आवश्यक वातावरण बन्छ’

काठमाडौं, २ जेठ । मुख्यमन्त्रीहरुले नीजि क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नीजि क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

काठमाडौंमा आयोजित नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ५ औं वार्षिक साधारण सभामा तीनै जना मुख्यमन्त्रीहरुले नयाँ नेपाल निर्माणका लागि निजी क्षेत्रका व्यवसायीहरुले नयाँ सोचका साथ अघि बढनुपर्नेमा जोड दिए।

विगतमा नीति र नियत ठिक नभएका कारण मुलुक पछि परेको भन्दै मुख्यमन्त्रीहरुले अब त्यसो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले संघीयताको मर्म अनुसार अघि बढ्न निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रहसमेत गरे । साधारण सभाले महासंघको भावी नीति र नेतृत्व चयन गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);