प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गर्न कांग्रेसको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गर्न कांग्रेसको आग्रह

nepali congress

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली सहमति मै पारित गर्न सत्ता पक्षसँग आग्रह गरेको छ । काँग्रेस संसदीय दलको बुधबार अपरान्ह सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली सहमतिमै पारित गर्न सत्तापक्षसँग आग्रह गरेको हो ।

सत्तारुढ एमालेले फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्नुपर्ने अडान लिइरहेका बेला काँग्रेस संसदीय दलको बैठकले अडान छोडेर सहमतिमै सो प्रस्ताव पारित गर्न आग्रह गरेको छ ।

बैठकले अभियोग पुष्टि नभई सांसदहरुलाई निलम्बन गर्न नहुने निष्कर्ष समेत निकालेको छ । सहमति अनुसार नै दुवै सदनको नियमावली पारित गर्न सत्ता पक्षलाई आग्रह गरिएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

उनले अभियोग लागेका सांसदहरुलाई सेवा, सुविधा नदिने तर आरोप पुष्टि नभई उनीहरुलाई निलम्बन गर्न नहुने पार्टीको अडान पनि दोहो-याए ।

काँग्रेसले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा ठोस धारणा तय गर्न विज्ञहरुसहितको समिति बनाउने निर्णय गरेको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी रुपमा संसदमा प्रस्तुत हुन सांसदहरुलाई प्रशिक्षित गर्नेगरी विज्ञहरु सहितको समिति बनाउने निर्णय गरिएको खाँडले बताए ।

सरकारले आगामी जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउँदैछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । सोही सम्बन्धमा पार्टीको ठोस धारणा तय गर्न काँग्रेस संसदीय दलले आवश्यक गृहकार्य गर्ने निर्णय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);