जेम्स बोन्ड बनेर पुन आउने भए ड्यानियल क्रेग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

एजेन्सी , साउन ३२ । ड्यानियल क्रेगलाई दर्शकले फेरी एकपटक जेम्स बोन्डका रुपमा हेर्न पाउने भएका छन् । अमेरिकाको चर्चित यु एस च्याट सोमा सहभागी भएका क्रेगलाई कार्यक्रमका होस्ट स्टेफेन कोलबर्टका प्रश्नमा उनले आफु जेम्स् बोन्डका रुपमा कम ब्याक गर्ने बताएका थिए ।

 

क्रेगले यो भन्दा अगाडि ४ वटा जेम्स् बोन्ड सिरिजमा ००७ का रुपमा दर्शक माझमा आइसकेकाछन् । केहि समय उनले अब सेकरेट एजेन्डका रुपमा पर्दामा नफर्कने भनेतापनि अन्तत जेम्स बोन्ड कै रुपमा आउने भएका छन् ।

 

तर उनी केही महिनाको बे्रक पछि मात्र पर्दामा आउने बताएकाछन् । यो फिल्म उनको सेकरेट एजेन्टका रुपमा अन्तिम हुने बताएका छन् ।
४९ वर्षीय कलाकार क्रेगले सन् २००६ मा जेम्स बोन्डका रुपमा क्यासिनो रोयलेबाट आफ्नो पहिलो डेब्यू गरेका थिए । पहिलो फिल्मबाट नै चर्चा पाएका उनको सबै जेम्स बोन्डका सिरिज हलिउडमा ब्लकबस्टरका रुपमा सावित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);