अक्षयको ट्वाइलेटः एक प्रेमकथा १०० करोडतिर लम्किँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, १ भदौ । अक्षय कुमारको ट्वाइलेट एक प्रेमकथाले छैठौ दिन बुधबारसम्म भारतिय रुपैया ८९.९५ करोड कमाएको छ ।

फिल्मले मगंलबारसम्म निकै राम्रो व्यापार गरेपनि बुधबारको कलेक्सन ६.५० करोड भारतीय रुपैया थियो । बलिउडका व्यापार विश्लेषक तरन आर्दशका अनुसार फिल्मले शुक्रबार १३.१० करोड , शनिबार १७.१० करोड , आइतबार २१.२५ करोड , सोमबार २० करोड , मंगलबार २० करोड , बुधबार ६.५० करोड कमाएको थियो । उनका अनुसार फिल्मले अझै यो शुक्रबार र शनिबार राम्रो व्यापार गर्ने दाबी छ ।


बुधबारसम्मको कलेक्सनले यो वर्षको ६औँ उत्कृष्ठ व्यापार गर्ने फिल्मको स्थान पाएको छ ।

मगंलबार सोसल मिडिया ट्विटर माफर्त अक्षय कुमारले फिल्मको कलेक्सनका कारण आफु सन्तुष्ट रहेको र विशेष गरि ऋतिक रोशन, फिल्मका समिक्षक, उनका फ्यान लगाएतका सम्पुर्ण टिमलाई धन्यवाद दिएका थिए ।

खुला शौचालय विरुद्व अभियानको सन्देश दिने यो फिल्ममा अक्षय कुमारका साथै भुमि पेडनेकर, अनुपम खेर, सना खान आदि कलाकारको अभिनय रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);