मिथिलाका महिलाहरुले ‘वट सावित्री’ पर्व मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

मिथिलाका महिलाहरुले ‘वट सावित्री’ पर्व मनाउँदै

जनकपुरधाम, १ जेठ । पतिको दीर्घायुको कामनाका साथ मंगलबार मिथिलाका महिलाहरुले वट सावित्री पर्व मनाउँदै छन् । बिहानैदेखि महिलाहरु बर रूखको पूजापाठ गरी दिनभर उपवासमा बसेर यो पर्व मनाउने गर्दछन ।

हिन्दू धर्माबलम्बीहरुले वरको रूखमा ब्रह्मा, विष्णु र महेश्वरको बास हुने गरेकाले सो रूखमुनि बसेर पतिको दीर्घायुका लागि कामना गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास छ ।

यो पर्व मनाउने महिलाहरुले नव वस्त्र धारण गर्नाका साथै बाँसको हातेपङ्खा, प्रसाद सहित धार्मिक एवम् संस्कृति अनुसार पूजापाठ गर्छन् ।

सत्य युगमा सति सावित्रीले आफ्ना पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झना स्वरुप यो पर्व मनाउन थालिएको बताइन्छ ।

यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ । यस पर्वको अवसरमा जनकपुरको राम चौक, शिव चौक, राम मन्दिरलगायत विभिन्न मन्दिरको परिसरलगायत अन्य ठाउँमा रहेका वरका रूखमुनि बसेर पूजापाठ गर्ने महिलाहरु बिहानैदेखि व्यस्त रहेको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);