नेपाल विद्यार्थी संघद्वारा त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

नेपाल विद्यार्थी संघद्वारा त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन

nebisangh

काठमाडौं, १ जेठ । नेपाल विद्यार्थी संघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा भएका विभिन्न घटनामाथि विरोध जनाएको छन ।

विरोध स्वरुप नेपाल बिद्यार्थी संघले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन । विद्यार्थीहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कारबाहीको माग समेत गरेका छन । यस्तै भारतीय सेना नेपाल भित्रन दिएर सरकारले लज्जास्पद काम गरेको भन्दै आलोचना गरेका छन ।

केपी ओली नेतृत्वको सरकार लम्पसारवादी भएको आरोप लगाएका छन । विरोधका कारण केही समय ट्राफिक व्यवस्थापनमा समस्या परेको छ ।