आईपीएल : डेब्यु खेलमै सन्दीपले लिए विकेट | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

आईपीएल : डेब्यु खेलमै सन्दीपले लिए विकेट

sandeep

एजेन्सी, ३० बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली खेलाडी सन्दिप लामिछानेले डेब्यु खेलमै विकेट लिएका छन् । सन्दिपले गएराति रोयल च्यालेन्जर्सविरुद्धको डेब्यु खेलमा पार्थिव पटेलको विकेट लिएका हुन् ।

दिल्ली डेयरडेभिल्सले आफ्नो १२ औं खेलमा सन्दिपलाई मैदान उतारेको थियो । कप्तान श्रेयस आयरले पहिलो ओभरमा दिएको बलिङको मौकालाई सन्दिपले खेर जान दिएनन् । उनले जम्मा ६ रन मात्र दिए । उनले दिल्लीको तेस्रो अर्थात आफ्नो दोस्रो ओभरमा पार्थिव पटेलको विकेट लिए । सन्दिपले ३३ वर्षिय पार्थिवलाई ६ रनमा एलबीडब्लु धरापमा पारेका हुन् ।

पार्थिवलाई पेभेलियन पठाएका सन्दिपले विश्वकै उत्कृष्ट ब्याटसम्यान विराट कोहली र एबीडी भिल्लर्सविरुद्ध पनि बलिङ गरे । तर चार ओभरको आफ्नो बलिङमा उनले जम्मा २५ रन खर्चिए । सन्दिपको ८ बलमा कोहलीले ९ तथा भिल्लर्सले ७ बलमा १० रन प्रहार गरे । १० बल डट फ्यालेका सन्दिपले २ चौका र एक छक्का मात्र खर्चिए ।

दिल्लीको बलिङमा ट्रेन्ट बोल्टले ४०, अमित मिश्राले ३३ र हर्सल पटेलले ५१ रन खर्चिएका थिए । सन्दिपको उत्कृष्ट प्रदर्शनका बाबजुद खेल भने रोयल च्यालेन्जर्स बैंगलोरले ५ विकेटले जितेको छ । रोयल च्यालेन्जर्सले दिल्लीले दिएको १ सय ८२ रनको लक्ष्य १९ औं ओभरमा पूरा गरेको हो । रोयल च्यालेन्जर्सको जितमा कोहलीले ७० तथा भिल्लर्सले ७२ रन बनाए ।

त्यसअघि ब्याटिङ गरेको दिल्लीले रिसब पन्तको ६१ र अभिषेक शर्माको ४६ रनको मद्दतमा चार विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद तथा मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);