अछामको अधिकांश क्षेत्रमा खानेपानीको चरम आभाव | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

अछामको अधिकांश क्षेत्रमा खानेपानीको चरम आभाव

सुशील भण्डारी
अछाम, २९ वैशाख । अछाम जिल्लाका अधिकांस क्षेत्रमा खानेपानीको अभाव भएको छ । खाने पानीको समस्याले अछाम बासीको दैनिकी प्रभावित बनेको छ भने विद्यालयमा पठन पाठन नै प्रभावित भएको छ । खानेपानी समस्या समाधानका लागि सम्बन्धित निकायबाट परिणाममुखी पहल हुन सकेको छैन ।

खानेपानीको समस्याले गर्दा विद्यार्थीहरुको पढाईमा समेत बाधा पुगेको छ । स्कुलबाट आउना साथ १ घण्टाको बाटो हिँडेर खानेपानी ल्याउनको लागि २ देखी ३ घण्टा सम्म पालो कुर्नु पर्ने बाध्यता छ ।

विद्यार्थीहरु पानीको पालोमा बस्नुपर्दा विद्यालय जान नपाउने हुँदा शिक्षकहरुबाट पिटाइ खानुपर्ने गुनासो गरिरहेका छन् । ठूलासैन बासीहरुलाई २० लिटर पानी लीनका लागी २ घण्टापालो कुर्नुपर्छ ।

सदरमुकामको मुटुको रुपमा रहेको ठुलासैन बजारका स्थानीयहरुले खाने पानी ल्याउनका लागि स–साना नानीबाबुहरुलाई २ देखी ३ घण्टा सम्म घरमै छोडेर पालो कुरेर बस्नुपर्छ । भोट हालेर जिताएपनि जनप्रतिनिधिले आफूहरुको समस्या नबुझेको गुनासो स्थानीयले गरेका छन् ।

ठुलासैनबासिलाई पटकपटक खानेपानीको ब्यवस्था गर्नका लागी प्रयास गरीए पनि बजार क्षेत्र नजिक पानीको स्रोत नभएकाले समस्या बढेको हो । अहिले ठुलासैन बजारमा बोरीङ सिस्टमबाट खाने पानि निकाल्ने कार्य सुरु गरिएको छ ।

ठुलासैन बासिको खानेपानी समस्या यहि असार महिना भित्र समाधान गर्ने गरी काम गर्ने जनप्रतिनिधीहरुले बाचा गरेका छन् । उनीहरुको बाचा अनुसार काम हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);