संसद्मा पेश भएको नियमावलीको मस्यौदाप्रति एमाले असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

संसद्मा पेश भएको नियमावलीको मस्यौदाप्रति एमाले असन्तुष्ट

madhav kumar nepal

काठमाडौं, २९ बैशाख । नेकपा एमालेका नेता माधव कुमार नेपालले अपराधिक गतिविधीमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्न नदिने बताएका छन् ।

एमाले नेता नेपालले आज ललितपुरको इमाडोलस्थित सितापाखा खानेपानी आयोजनाको शिलान्यास गर्दै आपराधिक गतिविधीमा संलग्न सांसदलाई निलम्बन गर्ने गरी नियमावली बनाउने बताए । नेता नेपालले संसद्मा पेश भएको नियमावलीको मस्यौदा त्रुटीपूर्ण रहेकाले एमालेले संशोधन दर्ता गराइसकेको बताए ।

नेपाली कांग्रेस र मधेशवादी दलले आपराधिक गतिविधिमा संलग्न सांसदलाई पुर्पक्षका लागि थुनामा रहँदा निलम्बन गर्न नहुने बताउँदै आएका छन् । इमाडोलमा २ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि चार हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

ताजा समाचार