कर्मचारी मान्दै मान्दैनन् | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कर्मचारी मान्दै मान्दैनन्

karmachari

काठमाडौं, २९ बैशाख । दुर्गम क्षेत्रका स्थानीय तहमा कर्मचारीको अभाव भइरहेका बेला धेरैजसो निजामती कर्मचारीले ती स्थानमा जान मानेका छैनन् ।

दुर्गम क्षेत्रका स्थानीय तहमा कामकाज गरेका अधिकांश कर्मचारीले सुगम स्थानीय तहमा मात्र काम गर्न सरकारसँग निवेदन दिएसँगै दुर्गम स्थानीय तहमा काम गर्ने कर्मचारीको अभाव झनै हुने भएको हो । सरकारले गत वैशाख १९ गतेभित्र १५ दिनको सार्वजनिक सूचना जारी गरी स्थानीय तहमा कामकाज गर्न कार्यालय रोज्ने समयावधि निर्धारण गरेको थियो ।

त्यस समयसीमाभित्र निवेदन दिने अधिकांश कर्मचारीले सुगम क्षेत्रका स्थानीय तहमा काम गर्न पाऊ भनी माग गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिलेसम्म मन्त्रालयमा १६ जिल्लाबाट कर्मचारीको निवेदन संकलन भई मन्त्रालयमा आएको छ। बाँकी जिल्लाबाट आउनेक्रम जारी छ । निवेदन आएका अधिकांश जिल्लाका कर्मचारीले सुगम स्थानीय तह मात्र रोजेका छन् । आजको गोरखापत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);