काठमाडौं, २७ बैशाख । राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबारको राष्ट्रियसभा बैठकमा विषेश समय लिएर बोल्दै सांसदहरुले मोदीको सुरक्षाको लागि ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी आउनु र सीमा सुरक्षाका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै सांसदहरुले कालापानी, सुस्ता, पुर्नबास लगातका सीमा क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
भारतीय दुतावासलाई नेपालमा ५ करोड रुपैयासम्मको योजना सञ्चालनका लागि खर्च गर्न सक्ने अधिकार दिएकोप्रतिपनि सांसदहरुले असन्तुष्टि जनाएका छन् ।