मधेश केन्द्रित राजनीतिक दलको कार्यदल बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

मधेश केन्द्रित राजनीतिक दलको कार्यदल बैठक बस्दै

२०८१,१०,१

मधेश केन्द्रित राजनीतिक दलहरूले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ। संयुक्त मोर्चा गठन गर्ने प्रयासस्वरुप बनेको कार्यदलको बैठक विहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बस्न लागेको हो। बैठकमा विभिन्न दलका नेताहरू सहभागी भई मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल हुने कार्यदलका सदस्य राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जानकारी दिए।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन र थ्रेसहोल्डको प्रतिशत बढाउने तयारी गरेपछि छिन्नभिन्न भएका मधेश केन्द्रित दलहरु कार्यगत एकतामा जुटेका हुन्। बैठकमा जनता समाजवादी पार्टीबाट रेणु यादव र मोहम्मद ईस्तियाक राई, जसपा नेपालबाट रामकुमार शर्मा, लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, शरद यादव, जनप्रगतिशील पार्टीबाट शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लाललगयातका नेता सहभागी हुनेछन्।

Leave a Reply