काठमाडौं, २६ वैशाख । फिफा विश्वकप आयोजना हुन करिब एक महिना बाँकी छ । विश्वका ३२ वटा राष्ट्रले सहभागिता जनाउने विश्वकपमा सम्पूर्ण तयारी भइसक्यो । ६५ वटा म्याच हुने प्रतियोगिताका लागि १२ वटा स्टेडियम छानिएको छ । विगतमा जस्तै यस वर्ष पनि ३२ वटा टोलीबीच नै तीव्र प्रतिष्पर्धा हुने अड्कलबाजी भइरहेको छ।
फिफा विश्वकप फुटबलको महाकुम्भ हो । यो प्रतियोगितामा जित्नुमात्रै नभइ सहभागीता जनाउन पाउँदा मात्रै पनि कतिपय देशले सौभाग्य ठान्छन् । सन् १९३० बाट फ्रान्सबाट सु्रु भएको विश्वकपलाई रसियाले पहिलोपटक आयोजना गर्ने मौका पाएको हो ।
प्रतियोगितको आयोजनाका लागि मस्को र मस्को पछिका ठूला शहरका व्यवस्थित स्टेडियम तयार पारिएको छ । रसियाको राजधानी मस्कोमा रहेको लुजनिकी स्टेडियममा जुन १४ को खेल आयोजक टिम र साउदी अरबीयाबीच हुने छ।
उद्घाटन खेलका साथै समूह चरणको खेल, सेमी फाइनल र फाइनल गरि जम्मा ७ वटा खेलको आयोजना हुने छ । त्यस्तै सेन्ट पिटरसबर्ग स्टेडिएम ७ वटा खेल, त्यहीँ रहेको फिस्ट स्टेडिएममा र निज्नी नोभगोरोड ६–६ खेल, रोस्टोभ स्टेडियममा र स्पार्टक स्टेडियममा ५–५, इक्याटरिनबर्ग एरिना, कजान एरिना, र्मोडोभिया, भोल्गोग्रेड स्टेडियम र कलिङग्राड स्टेडियममा ४ खेल हुनेछ ।
प्रतियोगितामा भएको ६४ वटा म्याच १२ वटा स्टेडियममा खेलाइने छ । यसअघि ब्राजिलमा भएको प्रतियोगिताको उपाधि जर्मनीले उचालेको थियो । रसियाले गरेको यो तयारी र रसियाका फुटबल समर्थकहरुको क्रेज देख्दा रुसी विश्वकप विगतको भन्दा भव्य हुने विश्वास गरिएको छ ।