रसुवा बजार क्षेत्रमा सरकारी टोलीको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रसुवा बजार क्षेत्रमा सरकारी टोलीको अनुगमन

anugaman

रसुवा, २५ बैशाख । रसुवामा गुणस्तर तथा नापतौलको अवस्थाबारे सरकारी टोलीले अनुगमन थालेको छ । गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय बालाजुले यातायातको पहुँच पुगेका बजार क्षेत्रमा आजदेखि अनुमगन सुरु गरेको हो ।

अनुगमन टोलीले बजार क्षेत्रमा सञ्चालित ढक, डिजिटल तराजु, र टेबलमा राखिने तराजुको जाँच गरेको छ । कार्यालयले नौ वटा जिल्लामा दुई दुई वर्षमा अनुगमन गर्ने गरेको छ । जिल्लाको कालिका गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका बजार क्षेत्रमा अनुगमन गरिने जनाइएको छ ।

यद्यपि, स्रोत र साधनको अभावमा अनुगमन गर्न कठिनाई भएको अनुगमनमा खटिएका अधिकारीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);