कालिकोट, २५ बैशाख । कालिकोटका सांसदहरुले हिमाली जिल्लामा ठूला परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्न माग गरेका छन ।
नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित कालिकोेटका सांसदहरु दुर्गाबहादुर राउत र जीवन बुढाले संघीयताको मर्मअनुसार हिमाली र पहाडी जिल्लामा पनि ठुला परियोजना सञ्चालन गर्न बजेटको व्यवस्थाका लागि पहल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहालको ध्यानकर्षण गराएका हुन् । सांसदहरुले संघीयताको मर्मविपरित हुने गरी बजेट आए मान्य नहुने चेतावनीसमेत दिएका छन् ।
सरकारले जनसंख्यालाई मूल आधार बनाएर बजेट ल्याउने तयारी गरेको छ । तर, कालिकोटका सांसदहरुले भने त्यसो गर्दा आफूहरुको जिल्लामा एउटा पनि ठूला योजना नपर्ने भन्दै आपत्ति जनाएका हुन ।