सीमा विवादको विषयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

सीमा विवादको विषयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

samghiya samsadh

रामेश्वर सापकोटा
काठमाडौं, २४ बैशाख
। सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विषेश समय लिएर बोल्दै सांसदहरुले भारतीय प्रधानमन्त्री नरन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सीमा क्षेत्रमा देखिएका समस्याको विषयमा कुरा उठाउन सरकारसँग मागसमेत गरेका छन् ।

नेपाल–भारतबीचको सीमा क्षेत्रमा भारतीय पक्षले ज्यादती गर्दै आएको छ । पछिल्लो समय कन्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपाललीले लगाएको विद्युतीय तारबार उखेलेपछि तनाव सिर्जना भएको छ । अघिल्लो बर्ष पनि सीमा क्षेत्रमा उत्पन्न विवादका कारण भारतीय सीमा सुरुक्षा बलले चलाएको गोली लागि गोविन्द गौतमको मृत्यु भएको थियो ।

यस्ता घटना सीमा क्षेत्रमा पटक–पटक भइरहेका छन् । यसैबीच सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षाबलको ज्यादतीका विषयमा स्पष्ट कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् । यस विषयलाई दुई पक्षीय वार्ताको एजेण्डा बनाइनुपर्ने सांसदहरुको भनाइ छ ।

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद इन्दु कडरियाले भारतीय सीमा सुरक्षा बलले पटक–पटक ज्यादती गरेको भन्दै यस विषयमा सरकार गम्भिर बन्नुपर्ने बताए।

सांसद अनिता देवकोटाले राष्ट्रवादका चर्का कुरा गर्नु भन्दा पनि काम गरेर देखाउन सरकारको ध्यानाकर्षण गराईन् । सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादती सैह्य नहुने उनको भनाइ छ ।

सांसदहरुले दुई देशको सहमती बमोजिम नै कञ्चनपुरको पुर्नवास क्षेत्रमा भारतबाट आउने जंगली जनावरलाई रोक्न बनाएको तारबार भारतीय पक्षले हटाउनु निन्दनिय भएको बताए । सीमा क्षेत्रमा देखिएको समस्या बेलैमा समाधान गर्न नसेके यसले कुनैपनि बेला अप्रिय घटना निम्तनसक्नेमा सरकारलाई सचेत गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);