रुकुमपूर्व भूमे गाउँपालिका ३ झुम्लाबाङमा सहयोग जुटाएर सांस्कृतिक भवन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

रुकुमपूर्व भूमे गाउँपालिका ३ झुम्लाबाङमा सहयोग जुटाएर सांस्कृतिक भवन

vaban nirman

रुकुम, २४ बैशाख । रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङमा बहुद्देश्यीय सांस्कृतिक भवन निर्माण भएको छ ।

स्वदेश तथा विदेशका विभिन्न निकायको आर्थिक सहयोगमा झुम्लाबाङ गाउँमा भूकम्प प्रतिरोधी भवन बनाइएको हो । भवनमा स्थानीय उत्पादन, चालचलनको प्रष्ट झल्को दिने सामग्री तथा पुस्तकालय पनि रहने छ । झुम्लाबाङको इतिहास, वर्तमान अवस्था, चालचलन, रीतिरिवाज, वेशभूषा र बाजागाजा राख्ने गरी बनाइएको भवन निर्माणको संयोजन गरिरहेका रामबहादुर बुढाले बताए ।

संग्रहालयकै केही कोठा गाउँमा आउने पाहुनाका लागि प्रयोग गर्न दिइने छ । भवन निर्माणका लागि ४५ लाख रुपैयाँ खर्च भइसकेको छ ।