चट्याङका कारण तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

चट्याङका कारण तीन जनाको मृत्यु

chattan

मकवानपुर, २४ बैशाख । मकवानपुरको मनहरि गाउँपालिका–२ स्थित ढलिपाङ  र हेटौडा उपमहानगरपालिका–१६ मा चट्याङका कारण तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरिका ३० वर्षीय भीमलाल स्याङतान र उनकी तीन वर्षीया छोरी विमला तथा हेटौँडा उपमहानगरपालिकाका ६० वर्षीय कृष्णबहादुर बलामी रहेका छन् । चट्याङपछि गम्भीर घाइते भएकी हेटौंडाको चिसापानीकी १५ वर्षीया सलिना श्रेष्ठको उपचार गरिंदै छ ।