मजदुर दिवसकै दिन गिट्टी कुट्न बाध्य छन् महिला मजदुर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मजदुर दिवसकै दिन गिट्टी कुट्न बाध्य छन् महिला मजदुर

सुशील भण्डारी

अछाम, १८ वैशाख । अछामका महिला मजदुरलाई मजदुर दिवस भनेको के हो अत्तोपत्तो छैन । मजदुरका लागि भन्दै तारे होटलमा तामझमकासाथ कार्यक्रम गरिन्छ । ती कार्यक्रमकाबारे मजदुर नै बेखबर छन् । दुई छाक टार्नको लागि असिन पसिन हुँदै दिवसको दिन गिट्टी कुट्न बाध्य छन् महिला मजदुर ।

शहरका तारे होटलमा मजदुर दिवस ताम झामकासाथ मनाई रहँदा अछामका महिलाहरु असिन पसिन हुँदै गिट्टी कुट्न व्यस्त थिए । मजदुर दिवसबारे ती मजदुर महिला बेखबर छन् ।

मजदुरका लागि सरकारले सार्वजनिक बिदा समेत दिएको छ । ती मजदुर महिलालाई आराम गर्ने रहर नभएको पनि हैन । तर एक दिन आराम गर्दा भरे भोकै बस्नुपर्ने चिन्ताले पिरोल्छ । आफूले नपढेर गिट्टी कुट्न विवश भएका महिला भन्छन्, बालबालिकालाई शिक्षाको ज्योति दिनु छ ।

बिहान ५ नबज्दै ती महिला मजदुर गिट्टी कुट्न पुग्छन् । दिवसका दिन श्रमको उचित मूल्य हुनुपर्छ भन्दै विश्वभर नारा घन्किन्छ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भनिन्छ ।

तर ती नारा भाषणमै सिमित भएको छ । महिला मजदुर १२ घन्टा भन्दा बढि काम गर्न बाध्य छन् । पसिना बगाएर गिट्टी कुट्छन् तर उचित मूल्य नपाउँदा निरास छन् ।

राज्यले श्रमिकहरुको श्रम शोषण भएको भन्दैे उचित ज्याला दिन प्रतिबद्धता जनाउँछ । तर राज्यको प्रतिबद्धता व्यवहारमा कार्यन्वयन हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);