नेपाली कांग्रेसको भाृत संस्था नेपाल विद्यार्थी संघभित्रको विवाद उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

नेपाली कांग्रेसको भाृत संस्था नेपाल विद्यार्थी संघभित्रको विवाद उत्कर्षमा

nebisang

काठमाडौं, १८ बैशाख । पार्टीभित्र पदाधिकारी मनोनयनको विवादले केन्द्रीय समितिको बैठक स्थगित गरेको नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्रको विवाद पनि उत्कर्षमा पुगेको छ ।

संघभित्रको विवाद उत्कर्षमा पुगेसँगै महामन्त्री कुन्दनराज काफ्ले पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी नेता कृष्ण सिटौला पक्षधर काफ्लेले आगामी विहिबार काठमाडौंको बाल्मिकी क्याम्पसमा केन्द्रीय समितिको बैठक बोलाएका हुन् । महामन्त्री काफ्लेले अध्यक्ष नैनसिंह महरमाथि विधानविपरित निर्णय, नियुक्ति र मनोनयन गरेको तथा संघमा विधिहिनताको अवस्था उत्पन्न गरेको आरोप लगाएका छन् ।

अध्यक्ष महरमाथि मनोमानी ढंगले काम गरेर क्याम्पसहरुमा संगठनका सदस्यहरुबीच द्वन्द्वको अवस्था सिर्जना गरेको आरोप लगाउँदै संगठनको साख जोगाउन वाध्य भएर केन्द्रीय समितिको बैठक बोलाएको महामन्त्री काफ्लेले बताए । नेविसंघमा एक वर्षभन्दा लामो समयदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । नेविसंघका अध्यक्ष महर पार्टी अध्यक्ष शेरबहादुर देउवा निकट मानिन्छन् ।