काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले सहमति र सल्लाहाबिना नै निर्वाचित केन्द्रीय समिति बैठक आव्हान गरेको भन्दै आपत्ती जनाएका छन् ।
केन्द्रीय समिति बैठक सकिएलगत्तै सभापतिले पदाधिकारी नियुक्तिको लागि निर्वाचित केन्द्रीय समिति बैठक बोलाएको भन्दै उनले आपत्ती जनाएका हुन् ।
सभापति देउवाले शनिबार सकिएको बैठकको अन्त्यमा पदाधिकारी नियुक्तिका लागि छलफल गर्न भन्दै निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाएपछि नेता पौडेलले असन्तुष्टी जनाएका हुन् ।
पार्टीको महाधिवेशन भएको २ महिना भित्र गर्नुपर्ने पदाधिकारी मनोनयन २ बर्ष पछाडि गर्नु विधान विपरित भएको भन्दै पौडेल पक्षीय नेताहरुले विरोध गर्दै आएका छन् ।