पदाधिकारी मनोनयन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको योजना असफल | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

पदाधिकारी मनोनयन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको योजना असफल

serbahadur

काठमाडौं, १७ बैशाख । पदाधिकारी मनोनयन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको योजना असफल भएको छ ।

रामचन्द्र पौडेल पक्षको विरोधपछि पदाधिकारी मनोनयन गर्ने सभापति देउवाको योजना असफल भएको हो । युवा नेताले सहमतिको आधारमा पदाधिकारी मनोनयन गर्न नेतृत्वलाई दवाव दिएका छन् । कांग्रेस महाधिवेशन भएको २६ महिना पुगेपनि पदाधिकारी मनोनयन हुन सकेको छैन् ।

यसअघि आइतबार समपन्न केन्द्रीय कार्यसमिति बैठकले नेपाली कांग्रेसले बाम गठबन्धन र मधेसकेन्द्रत दलको मोर्चाबन्दीका कारण निर्वाचनमा पराजय बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । नेता रामचन्द्र पौडेल पक्षधरले निर्वाचनमा पराजयको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने अडान राखे पनि देउवाले नैतिक जिम्मेवारी लिन नमानेपछि केन्द्रीय कार्यसमितिले लिनेगरी बीचको बाटो सुझाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);