कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिंदै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिंदै

congress

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सकिंदै छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा व्यहोर्नुपरेको हारको समीक्षाका लागि चैत ९ गते सुरु भएको बैठक सबैजसो केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखेकाले आज सकिन लागेको हो ।

बैठकको अन्तिममा आज सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै छन् । चुनावी हारलाई लिएर केन्द्रीय सदस्यहरु दुई भागमा विभाजित भएका थिए ।

कतिपयले सभापति देउवाको कमजोरीका कारण पार्टीले पराजय व्यहोर्नुपरेको भन्दै शीघ्र महाधिवेशन बोलाउन माग गरेका छन् भने कतिपयले देउवाको बचाउ गर्दै पार्टीलाई मजबुत बनाउन अन्तरघात गर्नेमाथि कार्बाही गर्नुपर्नेमा जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);