उत्पादनशील क्षेत्रमा लगानी बढाउन घरजग्गा कर्जामा कडाइ : गभर्नर नेपाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

उत्पादनशील क्षेत्रमा लगानी बढाउन घरजग्गा कर्जामा कडाइ : गभर्नर नेपाल

chiranjibi nepal

काठमाडौं, १५ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले उत्पादनशील क्षेत्रमा लगानी बढाउन घरजग्गा कर्जामा कडाइ गरेको बताएका छन् । गभर्नर नेपालले राष्ट्र बैंकको ६३ औं वार्षिकोत्सवको अवसरमा सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्नुको विकल्प नरहेको बताए ।

गभर्नर नेपालले उत्पादनमूलक क्षेत्र कमजोर हुँदा आयात बढेर व्यापार घाटा चुलिएको भन्दै कर्जा विस्तार गर्दा बैंक तथा वित्तीय संस्थाहरुले यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले पूर्वाधारको क्षेत्रमा लगानीका लागि एक महिनाभित्र पूर्वाधार बैंक स्थापना हुने बताए ।

राष्ट्र बैंककै केही पूर्व कर्मचारी, पूर्व प्रशासक र उद्योगीहरु पूर्वाधार बैंक स्थापनाको प्रक्रियामा जुटेका छन् । गभर्नर नेपालले आफूले ल्याएको पूँजी वृद्धिको योजना सफल भएको दाबी गर्दै पुँजी वृद्धिपछि बैंक तथा वित्तिय संस्था ठूला आयोजनामा लगानीका लागि सक्षम भएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर गणेशबहादुर थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा अधिकांश पूर्व गभर्नरहरु उपस्थित थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);