मृत बालकलाई पुर्ने जमिन नभएपछि नदीमा बगाइयो | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

मृत बालकलाई पुर्ने जमिन नभएपछि नदीमा बगाइयो

३० साउन, काठमाडौं । बाढीका कारण तराई क्षेत्र जलमग्न भएको छ । पानी नभएको जमिन फेला पार्न मुस्किल  छ । मृत मानिसलाई अन्तिम संस्कारको लागि पुर्न चाहिने एक मुठ्ठी जमिन पनि देख्न सकिदैन तराईमा यतिबेली । जसका कारण मृत्यु भएका बालकलाई नदीमा बगाइएको छ ।

युरोपियन प्रेस एजेन्सीले नेपालमा बाढीले निम्त्याएको हृदयविदारक फोटो कथा सार्वजनिक गरेको छ । सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको बाढीका कारण मृत्यु भएपछि उनलाई पुर्ने जमिन भएन । ८ वर्षीय बालकलाई बाढीमै बगाइएको तस्वीर यतिबेला भाइरल भएको छ ।

परम्परा अनुसार बालकलाई माटोमा पुर्नु पर्ने हो तर पुर्ने ठाउँ कतै नहुँदा मृत बालकलाई कोशी नदीमा बगाइएको हो । बालकका काका देवकुमार सदाले उनलाई बाढीमै बगाइदिएका हुन्  । युरोपियन प्रेस एजेन्सी इपिएका लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले यि तस्बिर खिचेका हुन् ।

 

तस्बिर साभार : ईपीए

मृतक बालक कमल सदालाई बोकेका काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाउन कोशीमा लैजाँदै काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाउँदै काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाएर फर्कंदै काका देवकुमार सदा ।

मृतक बालकलाई कोशीको भेलमा छाडेपछि ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);